हरे जीवन !

हरे जीवन !

नुवाकोट जाने, त्याे थहाँ थियाे, कता हो कुन ठाँऊ ?


3 views
Poem

नुवाकोट जाने, त्याे थहाँ थियाे, कता हो कुन ठाँऊ ?

सोद्धई र खोज्दै पुगेका थियौ मज्जाको त्यो गाँऊ ।

यसरी हिड्यौ चारमा भाई त्यो दिन साचेर,

साझामा गाडि चडेका थियौ, का रोक्यो लगेर!

ग्वालेलाई सोद्धा थहामा पायौँ गन्तब्य कटेछ,

दुधको गाडि चडेर फिर्या गढेर बसेछ।

शहर गुम्सेकोथ्यो,

कोलाहल थियो ,

मोटो गिदी गिज्ज्याउदैथ्यो ।

पुस महिना,
फुर्के मन
 शहरसंग रिसायो ॥
 


कालो उघ्रिदैथ्यो,

हराउँदैथ्यो,

सुनको छिट्का छर्कीदैथ्यो ।

आँखा खोली, बादल पन्छाई

लोसे पाइला घिसार्यौं ॥
 


भिड हराउदैथ्यो,

टाढिदैथ्यो,

सल्ला, खरी
झाडीदैथ्यो ।

नुवाकोट फेद पुग्दा 

टाउको अलि चिसायो ॥
 


मन संग्लीदैथ्यो,

फुर्कीदैथ्यो,

खोक्रो चाप भुलाउदैथ्यो ।

हराएका आठ पाइला
 सल्लासंग मिसायौं ॥
 


हावा वेग्लै थियो,

बग्दै थियो,

घाम, पानी संग्लो थियो ।

खुम्चि बस्ने ढुकढुकी
 तर्केश्वोरमा फिजायो ॥
 


पाइला चल्दै थियो,

गल्दै थियो,

बालुवामा धस्दै थियो ।

अस्तित्वको कैयौं तस्बिर
 पाइला पिच्छे खिचायौं ॥
 


जीवन अर्थिदैथ्यो, 

बुझिदै थियो,

स्वर्गतीर लम्किदैथ्यो ।

'न हुनेथ्यौं आज यहाँ '
 सम्झी चस्स बिझायो ॥
 


उभो लाग्नुथ्यो,

वग्नु थियो,

ठाडो भिर चढ्नु थियो ।

प्रकृतिको काँख पाउँदा
 मर्ने भय निदायो ॥
 


हामी माथि थियो,

आकाश निलो,

तल शहर भो कमिलो ।

'हरे जीवन !' शहर हेर्दै 
 आफ्नै मनले गिज्ज्यायो ॥

कस्तो बनेकोथ्यो,

सजेकोथ्यो,

सबै कुरा मिलेकोथ्यो ।

जङ्गल पाखा, घर बस्ती
 एकै ठाँऊमा पाइयो ॥
 


भोक लाग्दै थियो,

बढ्दै थियो,

१२ बज्न आट्दै थियो ।

खोकिरने बाजेको मा
 झोल-चाउचाउ खाइयो ॥
 


ठाडो उकालो थियो,

ओरालो थियो,

बाटो धुलो उडौदैथ्यो ।

दोबाटोमा पिपलुको 
 छहारी मा बिसायौं ॥
 


तिर्खा बढ्दै थियो, 

मेटिदैथ्यो,

आँखा भित्र गढ़दै थियो ।

डाँडा, खोला, जंगलले 
 आँत हाम्रो रिझायो ॥
 


अझैं रम्नु थियो,

भुल्नु थियो,

पिपल छायाँ भर्नु थियो ।

चार भाई पत्ता फिट्दै
 गोलखाडीमा बितायौं ॥

ताँस फिटिकन,

बाडीकन,

बसेकाथ्यौ चारजना ।

कोक्याउथ्यो त मडुवाले
 पिच्च पिच्च थुकियो ॥

अब झर्नु थियो,

लाग्नु थियो,

घरतीर फिर्नुथियो ।

ताँत लागि, कहिले कहि
 कान्ला बारी कुदियो ॥

नशा अझै थियो,

मज्जै थियो,

टाउको झ्याप्पै भाको थियो ।

भावी सोच, भय, लोभ
 आफै आफै छेकियो ॥

यता रमाईलो थ्यो,

घमाइलो थ्यो,

उता पनि रमाईलो थ्यो ।

राता आँखा, नौ डाँडा नै
 क्यान्भास झैँ देखियो ॥

अहा कस्तो राम्रो,

देश हाम्रो,

वास्तब मै त्यो देखियो ।

मन मार्न नसकेर
 सानो बखान लेखियो ॥

---

साँझमा पर्यो, फर्कियु भन्यो थाकेका गोडाले ।

ओरालो झर्दा तैपनि किन तानेको डाँडाले ?

गएका रित्तै, फर्कियौँ रित्तै, गाँसेर प्रहर ।

हाँस्दै र लड्दै फर्केर आयौँ, चञ्चले शहर ।

हामी बाचेको कहाँ जाला जाला ? अस्तित्व खाली छ।

मेटिएला पाईला, मरौला हामी, प्रहर साक्षी छ ।

Discussion

Coming Soon!