हरे जीवन !
नुवाकोट जाने, त्याे थहाँ थियाे, कता हो कुन ठाँऊ ?
नुवाकोट जाने, त्याे थहाँ थियाे, कता हो कुन ठाँऊ ?
सोद्धई र खोज्दै पुगेका थियौ मज्जाको त्यो गाँऊ ।
यसरी हिड्यौ चारमा भाई त्यो दिन साचेर,
साझामा गाडि चडेका थियौ, का रोक्यो लगेर!
ग्वालेलाई सोद्धा थहामा पायौँ गन्तब्य कटेछ,
दुधको गाडि चडेर फिर्या गढेर बसेछ।
शहर गुम्सेकोथ्यो,
कोलाहल थियो ,
मोटो गिदी गिज्ज्याउदैथ्यो ।
पुस महिना,
फुर्के मन
शहरसंग रिसायो ॥
कालो उघ्रिदैथ्यो,
हराउँदैथ्यो,
सुनको छिट्का छर्कीदैथ्यो ।
आँखा खोली, बादल पन्छाई
लोसे पाइला घिसार्यौं ॥
भिड हराउदैथ्यो,
टाढिदैथ्यो,
सल्ला, खरी
झाडीदैथ्यो ।
नुवाकोट फेद पुग्दा
टाउको अलि चिसायो ॥
मन संग्लीदैथ्यो,
फुर्कीदैथ्यो,
खोक्रो चाप भुलाउदैथ्यो ।
हराएका आठ पाइला
सल्लासंग मिसायौं ॥
हावा वेग्लै थियो,
बग्दै थियो,
घाम, पानी संग्लो थियो ।
खुम्चि बस्ने ढुकढुकी
तर्केश्वोरमा फिजायो ॥
पाइला चल्दै थियो,
गल्दै थियो,
बालुवामा धस्दै थियो ।
अस्तित्वको कैयौं तस्बिर
पाइला पिच्छे खिचायौं ॥
जीवन अर्थिदैथ्यो,
बुझिदै थियो,
स्वर्गतीर लम्किदैथ्यो ।
'न हुनेथ्यौं आज यहाँ '
सम्झी चस्स बिझायो ॥
उभो लाग्नुथ्यो,
वग्नु थियो,
ठाडो भिर चढ्नु थियो ।
प्रकृतिको काँख पाउँदा
मर्ने भय निदायो ॥
हामी माथि थियो,
आकाश निलो,
तल शहर भो कमिलो ।
'हरे जीवन !' शहर हेर्दै
आफ्नै मनले गिज्ज्यायो ॥
कस्तो बनेकोथ्यो,
सजेकोथ्यो,
सबै कुरा मिलेकोथ्यो ।
जङ्गल पाखा, घर बस्ती
एकै ठाँऊमा पाइयो ॥
भोक लाग्दै थियो,
बढ्दै थियो,
१२ बज्न आट्दै थियो ।
खोकिरने बाजेको मा
झोल-चाउचाउ खाइयो ॥
ठाडो उकालो थियो,
ओरालो थियो,
बाटो धुलो उडौदैथ्यो ।
दोबाटोमा पिपलुको
छहारी मा बिसायौं ॥
तिर्खा बढ्दै थियो,
मेटिदैथ्यो,
आँखा भित्र गढ़दै थियो ।
डाँडा, खोला, जंगलले
आँत हाम्रो रिझायो ॥
अझैं रम्नु थियो,
भुल्नु थियो,
पिपल छायाँ भर्नु थियो ।
चार भाई पत्ता फिट्दै
गोलखाडीमा बितायौं ॥
ताँस फिटिकन,
बाडीकन,
बसेकाथ्यौ चारजना ।
कोक्याउथ्यो त मडुवाले
पिच्च पिच्च थुकियो ॥
अब झर्नु थियो,
लाग्नु थियो,
घरतीर फिर्नुथियो ।
ताँत लागि, कहिले कहि
कान्ला बारी कुदियो ॥
नशा अझै थियो,
मज्जै थियो,
टाउको झ्याप्पै भाको थियो ।
भावी सोच, भय, लोभ
आफै आफै छेकियो ॥
यता रमाईलो थ्यो,
घमाइलो थ्यो,
उता पनि रमाईलो थ्यो ।
राता आँखा, नौ डाँडा नै
क्यान्भास झैँ देखियो ॥
अहा कस्तो राम्रो,
देश हाम्रो,
वास्तब मै त्यो देखियो ।
मन मार्न नसकेर
सानो बखान लेखियो ॥
---
साँझमा पर्यो, फर्कियु भन्यो थाकेका गोडाले ।
ओरालो झर्दा तैपनि किन तानेको डाँडाले ?
गएका रित्तै, फर्कियौँ रित्तै, गाँसेर प्रहर ।
हाँस्दै र लड्दै फर्केर आयौँ, चञ्चले शहर ।
हामी बाचेको कहाँ जाला जाला ? अस्तित्व खाली छ।
मेटिएला पाईला, मरौला हामी, प्रहर साक्षी छ ।