लाज

हॊसमा छु, मलाई थाहा छ।
 विवेक मेरो प्रकाश जहाँ छ।


1 view
Personal

हॊसमा छु, मलाई थाहा छ।


विवेक मेरो प्रकाश जहाँ छ।


कमजोरीले म यहाँ छु,


योग्यताले जहाँ छु।


उज्ज्यालो मै तर गढ्छ


बेहोसीको तिखो शब्द।


रच्छ अन्जानमा समाज


आहो! बढो विचित्र "लाज"।

सत्य ढाक्ने यो बहाना।


प्रश्न गर्छ यो जमाना,


‘सत्य किन सत्य हुन्छ’?


झुटै झुटको जालो बुञ्छ।


काल बिती म यहाँ छु,


मै भएर म खडा छु,


लाज यसमा के पो भो र?


किन बन्छस् तँ कठोर ?
 


बुझ्पचाइ तँ सभ्य बन्छस्।


मैले टारे आँधो भन्छस्।


कोही बाच्न अल्मलिदा,


कोही त्यसै डुलि हिन्दा,


तिनको झैँ तेरो पनि छ


भाग सबको बराबरी छ।


सूक्ष्म जीवन छ मूल काज।


सासै फेर्न ता के को लाज ?
 


तेरो पथ मैले नरोजे,


तेरा पाठ मैले नघोके


गाढीकन त्यो घोर दृष्टी,


छ लाजधारी ति शब्दवृष्टि।


सस्तो भेटी त्यो शब्द- "लाज
"

फुँकी हिन्छस् तँ लोकमाझ।


चित्त तेरो नबुझ्छ आज


तब मलाई के को लाज?
 


पाठ भित्रको त्यो पढाइ


बाहिर अर्कै छ लडाइ।


पथ त्यो सारा लोक चलेको


दिपज्योती छ धप्प बलेको।


अर्को बाटो यो सुनसान


जसतो तँ, मपनि अजान।


बाटो सबमा कालै बिराज,


मर्नलाई ता के भो लाज ?
 


उपद्रो मानीस्, त्यो ता ठिकै छ।


बिगार गर्न बाँकी नीकै छ।


त्यो काल, उपद्रो कोट्याइकन


हाँसो मेरो बनाइ मलिन।


"छैन लाज"- को गरी इस्तेमाल,


बनेर जाला त्यो बिग्रेको हाल?


गलती बुझाई सच्च्याइदे आज।


मेरै हितमा ता मलाई के को लाज?
 


उता राष्ट्रको माटो लुटाउछन्,


नेता यी हाम्रा लाजै पचाउछन्।


शक्तिको सामू यो लाज झुकेको।


नटोक्ने कुकुर त्यो त्यसै भुकेको।


सके ता म, जब ती भ्रष्ट भुक्थे


लाजै नमानी तीनलाई थुक्थे।


गमेर फुकिदे आज त्यो शब्द


कसैलाई ता साह्रै पो गढ्छ।
 


शब्द कस्तो यो बडो विचित्र।


बाहिर गाली, रस के छ भित्र?


माया, घृणा, इर्ष्या की चाल?


मनलाई छेक्न ठड्यो दिवाल।


अनेक वस्त्रले ढाक्दोछु अङ्ग


नङ्ग्याइ छाड्ने त्यो शब्द तँ संग।


किन तँ मार्छस त्यो मिठो तृष्णा?


मेट्दछु म, लाज के भो येस्मा?
 


बस्छ लाज त्यो नग्न जीउमा।


लाज बेगर कसरी उभिउ म?


लाजले नै बुन्छ चरित्र,


बिराजमान म आफू भित्र।


लाजैले छ खडा सम्मान,


लाजले नै गर्छ तमाम।


लाज छ त्यो हार तुल्य


जीत जब त्यो थ्यो अमूल्य।


लाजले गाँसेको रिती


कहाँ भत्कन्छ सितिमिति?


लाज बस्छ त्यो पाउ भित्र


लक्ष्य समिप पुगी जो फिर्छ।


प्रेमको शुरुवात लाज।


नारी-आँचलमा बिराज।


लाज छैन यो प्रकृतीमा


भेद हुनु ति सन्ततिमा।


लाज यो तीरमा बसेको


निशान चुकी भुईमा खसेको।


लाज नचुक्ने तीरमा पनि छ


यदि रुवाई परोप्राण लिन्छ।
 


जति हानेस् त्यो तीर आज


नचेते आफै, के लाग्थ्यो लाज?
 


हॊसमा छु, मलाई थाहा छ।


विवेक मेरो प्रकाश जहाँ छ॥

Discussion

Coming Soon!